सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ गाउँपालिकाले कोरोना विरुद्ध खोपको पूरै डोज नलाएका पर्यटक तथा यात्रुका लागी पीसीआरको नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ । पर्यटकीय क्षेत्र खुम्बुमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएसँगै पालिकाले पूरा डोज खोप नलाएकालाई पीसीआर रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो । गाउँपालिकाले एक सूचना जारी गर्दै हवाइ तथा तथा पैदल मार्गबाट खुम्बु भित्रिने कोरोनाको पूरा डोज खोप नलगाएका व्यक्तिहरुलाई पीसीआरको नेगेटिभ रिपोर्ट अनिवार्य गर्ने बताएको छ । जसका लागि वायुसेवा कम्पनीहरुलाई पत्र नै काटिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीले जानकारी दिनुभयो । लुक्लामा तारा, समिट, सीता, श्री एयरलाइन्स र हेलिकप्टरले उडान भर्दै आएका छन् । लुक्लामा काठमाण्डौ र फाप्लुबाट हवाइ उडान हुने गरेको छ ।
खुम्बु प्रवेश गर्न कोरोना विरुद्धको खोप नलाएकालाई पीसीआर रिपोर्ट अनिवार्य
- प्रकाशित मिति: बुधबार, भाद्र ९ २०७८
- तामाकोशी