भदौ ७ गते बागमती प्रदेशमा सार्वजनिक बिदा

  • प्रकाशित मिति: शुक्रबार, भाद्र ४ २०७८
  • तामाकोशी

रामेछाप । भदौ ७ गते सोमबार बागमती प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । २०७८ भदौ २ गते बसेको बागमती प्रदेश सरकार मन्त्रीपरिषद बैठकले भदौ ७ गते सोमबार गाईजात्रा पर्व परेकाले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बागमती प्रदेशमा गाईजात्रा पर्व बिशेष रुपमा मनाइने भन्दै सो दिन प्रदेशभर सार्वजनिक बिदा दिने भनि गरेको निर्णय बागमती प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरेको छ ।