मन्थली । राष्ट्रिय युवा संघ नेपाल रामेछापले नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम बैद्यलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ । जिल्ला अध्यक्ष गणेशबज्र लामा र उपाध्यक्ष सुरेन्द्र कार्कीद्धारा हस्ताक्षर गरेको विज्ञप्तिमा प्रधानमन्त्री केपी ओलीको हत्या गर्न तयार रहेको भन्ने अभिव्यक्तिप्रति गम्भिर आपति जनाउदै हदैसम्मको कारबाहीको माग गरेको हो ।
“प्रधानमन्त्री ओलीको सुरक्षाको लागि लाखौ युवाहरु बलिदानी दिन तयार रहेको जानकारी गराउँदै अपराधिक मानसिकता भएका यस्ता सासंदलाई हदैसम्मको कारबाहीको माग गर्दछौं।” विज्ञप्तिमा भनिएको छ । अन्यथा राज्यको संयन्त्र मार्फद कारबाही गर्न उदासिनता देखाएमा जनस्तरबाट जुनसुकै प्रकारको कारबाही गर्न आम जनसमुदायलाई अपिल गर्दै आफुहरु तयार रहेको राष्ट्रिय युवा संघ नेपाल विज्ञप्तिमा जनाएको छ । उनीहरुले सांसद बैद्यले प्रदेशसभा बैठकमा राखेको उक्त अभिव्यक्ती श्रव्यदृष्य रेकर्डबाट हटाउन समेत माग गरेको छ ।
बैद्यले ओलीका लागि एकजना नाथुराम गोट्सेको आबश्यकता परेको र आफु त्यो बन्ने बताउनु भएको थियो । नाथुराम गोट्सले भारतिय स्वातन्त्रता अगुवा महात्मा गान्धीको हत्या गरेका थिए ।