दोलखामा आज ५६ जना कोरोनामुक्त, ३७ जना सङ्क्रमित थपिए

  • प्रकाशित मिति: बुधबार, जेष्ठ २६ २०७८
  • तामाकोशी

दोलखा । दोलखामा बुधबार एकैदिन ५६ जना कोरोना कोरोनामुक्त भएका छन् । भीमेश्वर नगरपालिकाबाट ४ जना, तामाकोसी गाउँपालिकाबाट १२ जना, गौरिशंकर गाउँपालिकाबाट ३२ जना र कालिन्चोक गाउँपालिकाबाट ८ जना कोरोनामुक्त भएका छन् । त्यसैगरि जिल्लामा बुधबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चकिरोट अस्पतालको पिसिआर ल्यावमा ५९ जनाको स्वाव परिक्षण गरिएकामा ३६ जना र स्थानीय तहमा ६ जनाको एन्टिजिन परिक्षण गरिएकोमा एक जना गरि ३७ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७१३ पुगेको छ । बुधबार भीमेश्वर नगरपालिकाबाट ३२ जना, मेलुङ गाउँपालिकाबाट एक जना , कालिन्चोक गाउँपालिकाबाट दुई जना , वैत्यश्वर गाउँपालिकाबाट एक जना, गौरीशंकर गाउँपालिकाबाट एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।