रामेछाप । मातृ तथा नवजात शिशु स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको वनहार्ट वर्ल्ड वाईजले रामेछापका दुईवटा स्वास्थ्य संस्थालाई अक्सिजन सहयोग गरेको छ । मुलुक कोरोना भाइरस कोभिड–१९ को दोस्रो लहरसँग लडिरहेको बेला जिल्लाका कोरोना सङ्क्रमितहरुको उपचार र व्यवस्थापनमा थप सहजताका लागि २० थान अक्सिजन प्रदान गरिएको वनहार्ट वर्ल्ड वाईज रामेछापका लेखा तथा प्रशासन सहायक अधिकृत भुवन राईले जनाकारी दिनुभयो । उहाँका अनुसर संस्थाले शुक्रबार जिल्ला अस्पाललाई र प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीलाई दस÷दस थान ४६ लिटरको अक्सिजन हस्तान्तरण गरेको हो । अक्सिजन जिल्ला अस्पताल रामेछापका निमिक्त प्रमुख दिपेन्द्र नारायण श्रेष्ठ र प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका मेडिकल अधिकृत ज्योती प्रकाश साहलाई वनहार्ट वर्ल्ड वाईजका लेखा तथा प्रशासन सहायक अधिकृत राईले हस्तान्तरण गर्नुभएको हो ।
वनहार्ट वर्ल्ड वाईजद्धारा २० थान अक्सिजन सहयोग
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ १४ २०७८
- तामाकोशी