काभ्रेमा जेठ १२ गते बुधबारसम्म निषेधाज्ञा

  • प्रकाशित मिति: आइतबार, जेष्ठ २ २०७८
  • तामाकोशी

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सोमबारबाट जिल्लाभर निषेधाज्ञा गर्ने भएको छ । निश्चित क्षेत्र तोकेर बैशाख २६ गते मध्यरातीबाट लागु हुनेगरी दोस्रो पटक थपिएको निषेधाज्ञाको समयावधि आइतबार सकिँदै छ । जिल्लामा कोरोना संक्रमणदर उच्च रुपमा बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सुचना जारी गर्दै जेठ २ गते राती १२ बजेबाट जेठ १२ गते राती १२ बजेसम्म जिल्लाभरि लागु हुनेगरी निषेधाज्ञा थप गरिएको जानकारी दिनुभयो ।