रामेछापमा थप ४४ जनामा कोरोना सङ्क्रमण : तीन जना कोरोनामुक्त

  • प्रकाशित मिति: बिहिबार, बैशाख ३० २०७८
  • तामाकोशी

रामेछाप । रामेछापमा बिहीबार थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विहीबार पीसिआर परीक्षणबाट २१ जना र एन्टिजेन्ट परीक्षणबाट २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । विहीबार जिल्लाको उमाकुण्ड गाउँपालिकाका २१ जना , खाँडादेवी गाउँपालिकाका २१ जना र जिल्ला अस्पतालमा गरिएको एन्टिजेन्ट परीक्षणमा दुईजना गरी ४४ जनामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विहीबार सङ्क्रमित हुनेमध्येबाट स्वास्थ्यमा समस्या भएपछि खाँडादेवी गाउँपालिका वडा नं ९ की ७२ वर्षकी एक महिला कोभिड अस्पताल भर्ना हुनुभएको छ । योसँगै जिल्लामा वैशाख ३ गते यता कोरोना सङ्क्रमित हुनेको कुल सङ्ख्या २६६ जना पुगेको छ । जसमध्ये ४६ जना जना डिस्चार्ज भइसकेका छन् । स्वास्थ्य कार्यालयका अनुसार विहीबार तीनजना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । कोरोना व्यवस्थापन तथा उपचारका लागि जिल्लामा हालसम्म ६० वेड क्वारेन्टीन र १२६ वेड आइसोलेसन तयारी अवस्थामा रहेको जिल्ला स्तरीय कोभिड-१९ व्यवस्थापन केन्द्र रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाका अनुसार अझै दुईसय जनाको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी छ ।