प्रधानमन्त्रीलाई विश्वासको पक्षमा मत दिन सांसदहरुलाई कडा ह्वीप

  • प्रकाशित मिति: आइतबार, बैशाख २६ २०७८
  • तामाकोशी

काठमान्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । बालुवाटारमा नेकपा एमालेको आज बसेको स्थायी कमिटि बैठकले प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन् ।