तामाकोसीमा माछा हराउँदै, कोसी किनारका माझीहरु चिन्तामा

  • प्रकाशित मिति: शनिबार, जेष्ठ २० २०७४
  • तामाकोसी खबर

रामेछाप । जेठ २० गते,
तामाकोसीका माछा भन्ने वित्तिकै सबैको मुखै रसाउँछ । तर अहिले तामकोसीको माछा पाउनु दुर्लभ बन्दै गएको छ । तामाकोसी नदी किनारको बढ्दो अतिक्रमण तथा जथाभावि माछा मात्र माछा लोप हुन लागेको छ ।
तामाकोसी किनारमा वस्ती विस्तार र तामाकोसीमा ठूला जाल र मेशिनको प्रयोग गरी माछा मार्न लागेपछि माछा हराउँदै गएका छन् । तामाकोसी किनारमा बस्ने माझी समुदायले मात्रै गर्दै आएका माछामार्ने काममा अहिले बाहिरी मछुवारेहरु समेत प्रवेस गरेका छन् । उनीहरुले ठूला जाल तथा मेसीन र वेलाबेलामा विसादीको समेत प्रयोग गरेर माछा मार्न लागेपछि तामाकोसीमा माछानै पाउन छाडेको स्थानीय माझीहरु बताउँछन् ।
अहिले जाल र फुङलो लिएर नदीमा माछा मार्न जाने माझीहरु माछा नपरेपछि त्यतिकै फर्कन लागेका छन् । माछाको विनास माझी समुदायको माछा मार्ने पेसासँग मात्र जोडिएको छैन । यो वातावरण जोगाउने कुरासँग पनि जोडिएको छ ।