काठमाडौं । चर्चित पब्लिक स्पिकर रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।
कालीकोट महाबै गाउँपालिका वडा नम्बर ४ की नन्दा सिंहसँग विवाह उनी वैवाहिक बन्धनमा बाँकिन लागेका छन् । दृष्टिविहीन भए पनि प्रसाईं आफ्नो अद्भुत क्षमताका कारण चर्चित रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् । नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए ।
३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने बुझिएको छ । मिठो स्वरका धनी प्रसाईंसँग विवाह गर्न लागेकी नन्दा पनि दृष्टिविहीन नै हुन् ।