सोमबारदेखी एक हप्ता सम्म रामेछापका शैक्षिक संस्था बन्द , बैशाख ३१ गते सार्वजनिक बिदा

  • प्रकाशित मिति: सोमबार, बैशाख २५ २०७४
  • तामाकोसी खबर

रामेछाप । बैशाख २५ गते,
बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि रामेछापमा संचालित शिक्षण संस्थाहरु १ हप्ताका लागि बन्द हुने भएका छन् । कर्मचारीहरु निर्वाचनका लागि खटिने भएपछि बैशाख  २५ गते सोमबारदेखि बैशाख ३१ गते आईतबारसम्म जिल्लामा संचालित शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् ।


झण्डै २ दशकपछि हुन लागेको स्थानीय तह निर्वाचनका लागि जिल्लामा रहेको सरकारी कार्यालय, अर्धसरकारी कार्याल र सार्वजनिक संस्थाहरु भने निर्वाचनको दिन ३१ गते एकदिन मात्रै बन्द गर्न गृहमन्त्रालयले परिपत्र गरेको छ । अधिकांस विद्यालयहरुमा निर्वाचन केन्द्र परेको छ भने विद्यालयका शिक्षकहरु पनि निर्वाचनमा खटिएका छन् । निर्वाचनका लागि खटिने जिल्लाभरका विद्यालयका शिक्षकहरुको बिबरण मुख्य निर्वाचन  अधिकृतको कार्यालयमा पठाएको भएपनि के कति सङख्यामा खटाइए भन्ने विवरण शिक्षा कार्यालयमा नआएको जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले बताए ।