रामेछाप । जेठ ३२ गते,
रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा नं ४ बेथानस्थित लोप्राङमा भन्ने ठाउँमा बोलेरो दु*र्घटना हुँदा दुई जना गम्भीर घा*इते भएका छन् । बा १४ च १६१७ नम्बरको बोलेरो दुर्घटना हुँदा चालक कल्याण खत्री र उनका भतिज १४ बर्षिय रविन खत्री गम्भीर घा*इते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए । उनका अनुसार दुवै जना घा*इतेलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ । लोप्राङबाट बेथान जाँदै गरेको बोलेरो सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
रामेछापको सुनापतीमा बोलेरो दुर्घटनाः दुई जना गम्भीर घाइते
- प्रकाशित मिति: आइतबार, जेष्ठ ३२ २०७७
- तामाकोशी