रामेछाप । मंसिर २४ गते,
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ भंगेरीमा नेपाली सेनाको जिप र मोटरसाइकल ठोक्किदा एक विद्यार्थीको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन । नयाँ गोरखदल गण रामेछापको ना १ झ १०७० नम्बरको जिपले ठक्कर दिँदा बा ३९ प ३९४८ नम्बरको मोटरसाईकलमा सवार वर्ष १४ का सुनिल घिसिङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रवक्ता रविभुष यादवले जानकारी दिए । मोटरसाईकल मृतक घिसिङ्गले चलाएका थिए । उनको पछाडी बसेका वर्ष १४ का रामकृष्ण शाहि घाईते भएका छन । उनको जिल्ला अपताल रामेछापमा उपचार भईरहेको छ । मृतको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल रामेछापमा राखिएको छ । उनिहरु दुवै जना कक्षा ८ मा श्री मावि भंगेरीमा अध्यनतर विद्यार्थी हुन । जिल्ला प्रहरी कार्यलय रामेछापका प्रवक्ता रविभुष यादवका अनुसार मोटरसाकल तिव्र गतिका अनियंत्रित भएर दुर्घटना भएको हो ।