नेकपा रामेछापको जिल्ला पदाधिकारीमा पाँच जना सदस्य थपिए

  • प्रकाशित मिति: आइतबार, मंसिर २२ २०७६
  • तामाकोशी

रामेछाप । मंसिर २२ गते,
नेपाल कम्युनिष्ट पार्टी नेकपा रामेछाप जिल्ला पदाधिकारीमा पाँच जना सदस्य थपिएका छन् । योसंगै अब नेकपाको पदाधिकारी सात सदस्यीय भएको छ । नेकपा रामेछापले पूर्व एमालेबाट तीन जना र पूर्व माओवादीबाट दुई जना गरी पाँच जनालाई कार्यालय सदस्य बनाउने निर्णय गरेको हो । पदाधिकारीमा पूर्व एमालेबाट प्रेमबहादुर तामाङ, आनन्द श्रेष्ठ र झम्क कंडेल परेका छन् । यसैगरी पूर्वमाओावदीबाट पेमा लामा र शकंर बोहोरा परेका छन् । तामाङ यस अघि पूर्वएमाले रामेछापको उपाध्यक्ष, श्रेष्ठ सचिव र कडेल कोषाध्यक्ष थिए । लामा यसअघि पूर्व माओवादीबाट कार्यालय सदस्य र बोहोरा कोषाध्यक्ष थिए ।