रामेछापमा एमाले र माओवादी गाउँगाउँमा, काँग्रेस भने शोकमा

  • प्रकाशित मिति: शुक्रबार, चैत्र ११ २०७३
  • तामाकोसी खबर

रामेछाप । चैत ११ गते,
सरकारले बैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँग राजनीतिक दलहरुलाई चुनावी रंग लागेको छ । राजनीतिक दलहरु विभिन्न चुनावी अभियान, सभा तथा भेटघाट र प्रशिक्षणका कार्यक्रममा लागेका छन् । नेकपा माओवादी केन्द्रले जिल्लाका गाउँपालिका तथा नगरपालिकामा पार्टीको एकता भेलाहरु सकेको छ ।



उसले कार्यकर्ता प्रशिक्षण भेला लगायतका कार्यक्रमहरु गरेको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि निर्वाचन आयोगले गरेको विधान संसोधनको निर्णयको विरोध र चुनावी अभियानलाई एकैसाथ अघि बढाएको छ । नेकपा एमालेले गाउँपालिकको वडा तथा नगरपालिकाम समेत पार्टीको कमिटि गठन पुनर्गठन तथा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरेको छ । यसै क्रममा बिहिबार सरदमुकाम मन्थलीमा नेकपा एमाले रामेछापले पार्टी कार्यकर्ताहरुको स्वागत कार्यक्रम आयोजना गर्यो ।
नेकपा एमाले कन्द्रिय कानुन विभागका सदस्य आङबाबु लामाको प्रमुख आतिथ्यता तथा एमाले अध्यक्ष शान्तिप्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै एमाले अध्यक्ष पौडेलले देश निर्वाचनमा गएकोले सबै नेता कार्यकर्तालाई चुनावमा केन्द्रित हुन आग्रह गरे । उनले देशको राजनीतिको मियो अब नेकपा एमाले नै भएको बताए । माओवादी केन्द्र र एमालेलाई चुनावी राजनीति लागेको भए पनि अर्काे ठूलो प्रमुख दल नेपाली काँग्रेसलाई भने स्थानीय चुनावले अझै छोएको छैन ।

रामेछाप काँग्रेस पूर्वपार्टी सभापति एवं कृषि सहयक मन्त्री रामहरि ढुंगेल तथा काँग्रेसका नेता एवं फर्पू गाविसका पूर्व गाविस अध्यक्ष गजेन्द्र बहादुर खड्काको नीधनको सोकमा छ । दुवै नेताको एकहप्ता अघि निधन भएको हो । ढुंगेलको काठमाडौँ स्थित आप्mनै घरमा आकम्कि निधन भएका थियो  भने खड्काको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।
यसै बिच नेकपा एमाले रामेछापले मन्थली नगरपालिका ३ मा अगुवा कार्यक्रता भेला विहिबार सम्पन्न गरेको छ । भेलाले २९ सदस्य वडा कमिट र ५ सदस्य वडा सल्लाहार कमिटि समेत गठन गरेको छ ।


शैलेन्द्र बुढाथोकीको अध्यक्षतामा गठन भएको वडा कमिटिमा उपाध्यक्षमा थडिन्द्र थापा, सचिवमा फौदसिह खड्का  र उपसचिवमा राजकुमार केसी सहित २९ सदस्य रहेका छन् । त्यस्तै सल्लाहाकार समितिको अध्यक्षमा वेद बहादुर बुढाथोकी, उपाध्यक्षमा अम्बीका भट्राई, सचिवमा एमबहादुर थापा र उपसचिवमा इन्द्र बहादुर खड्का रहेका छन् ।  वैशाख ३१ गते हुने स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै सो कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य रमेश बस्नेत र दिनेश सुवेदीले पार्टीको नीति र कार्यक्रम बारे प्रष्ट पारेका थिए ।