नेकपा एमालेका युवा नेताद्धोयको पहलमा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ २५ २०७८
  • तामाकोशी

मन्थली । नेकपा एमालेका नेताहरुको विशेष पहलमा मन्थली नगरपालिकालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नेकपा एमालेकी केन्द्रीय सदस्य गीता कार्की र राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सोनु रोकाको पहलमा मंगलबार मन्थली नगरपालिका कार्यालयमा पुगेर विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सोनु रोकाका अनुसार भरेको अक्सिजन सिलिन्डर ५ थान, अक्सिजन कन्सन्ट्रेटर ४ थान, पल्स अक्सिमिटर २ थान, एन्टिजेन किट १ सय थान, भिटिएम किट ५ सय र मास्क ५ सय थान मन्थली नगरपालिकाकी उपमेयर माया कुमारी कार्कीलाई हस्तान्तरण गरिएको हो । साथै पीपीई सेट १५ पीस, गाउन २० थान, थर्मल गन २ थान र १ सय पीस एन–९५ मास्क पनि हस्तान्तरण गरिएको छ ।



जिल्लाका विभिन्न पालिकाहरुमा विगतदेखि निरन्तर विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग अभियान संचालन गर्दै आएको राष्ट्रिय युवा संघ नेपाल रामेछापले जनाएको छ ।