रामेछाप । साउन २४ गते,
रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं ७ तिल्पुङका वडाध्यक्ष सुवास बोहोराले वडाध्यक्षले नै बनाए गाउँपालिका अध्यक्षको हत्या योजना शिर्षकको समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षन भएको बताएका छन् । शुक्रबार मन्थलीमा पत्रकार सम्मेलन गरी वडाध्यक्ष बोहोराले एक्कसी लिखुतामाकोशी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काको हवला दिदै सम्लग्नै नभएको घटनामा जोडी आफ्नो चरित्र हत्य गर्ने उद्देश्यले समाचार सम्प्रेसन गरिएको भन्दै दुख व्यक्त गरे । 
उनले राज्यको चौथो अंगजस्तो पत्रकारिता क्षेत्रले यथार्थ र सत्य नखोजी एकपक्षिय ढंगले समाचार सम्प्रेषण गरेको आरोप लगाए । बिना प्रमाणका यस्ता झुटा र कपोकल्पित आरोपको पुष्टि गरेर देखाउँन उनले सम्बन्धीत निकायलाई चुनौती समेत दिए । उनले यस्ता झुटा र कपोकल्पित आरोपबाट कत्ति पनि बिचलित नहुने भन्दै नेपाल सरकार र आफु आवद्ध नेपाल कम्युनिष्ट पार्टी नेकपासंग आवश्यक कारवाहीको माग समेत गरेका छन् ।
वडाध्यक्ष बोहोराले यस्ता आरोपबाट बिचलित नभै अनियमितता ,विकृति ,विसंगती ,भ्रष्टचार ,घुसखोरी , अन्याय र अत्यचारका विरुद्ध सधै लडिरहने प्रतिवद्धता समेत व्यक्त गरे । यसअघि विभिन्न अनलाइन सञ्चार माध्यममा वडाध्यक्ष सुवास बोहोराले गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्को हत्या योजना बनाएको भन्दै विभिन्न शिर्षक दिएर समाचार आएका थिए ।
आफुमाथि लगाइएको आरोप पुष्टि गरेर देखाउँन वडाध्यक्ष सुवास बोहोराको चुनौती
- प्रकाशित मिति: शुक्रबार, साउन २४ २०७६
- तामाकोशी