रामेछाप । जेठ २६ गते,
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशब्यापी गरेको पहिलो चरणको जागरण अभियान रामेछापमा पनि सकिएको छ । कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर एक महिने जागरण अभियान सञ्चालन गरेको थियो । 
वैशाख २५ देखि सुरु भएको जागरण अभियान शनिबार रामेछाप जिल्लामा एक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो । सदरमुकाम मन्थलीको भैसेश्वरमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मनोमोहन भट्राई , जिल्ला सभापति लवश्री न्यौपाने , पूर्व सभापति रामचन्द्र खड्का , नेता पूर्ण बहादुर तामाङ कान्छाराम लगाएतले बोलेका थिए । कार्यक्रममा बोल्दै नेता भट्राइले जनताले दिएको जनमत अहिलेको सरकारले बुझ्न नसकेको बताए । वर्तमान सरकार आफ्नै कारणले दिनदिनै कमजोर बन्दै गएको नेता भट्राईको भनाई छ । अव नेपाली कांग्रेसले गाउँगाउँबाट सरकारको गलत कामको भण्डाफोर गर्ने चेतावनी समेत दिए ।
कांग्रेस अब दोस्रो चरणको कार्यक्रमअन्तर्गत ७ सय ५३ वटा स्थानीय तहमा जागरण अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले जागरण अभियानको क्रममा आफ्नो संगठन निर्माणमा भन्दा पनि सरकारलाई गाली गर्नमै समय खर्चेको छ ।
नेपाली कांग्रेसको पहिलो चरणको जागरण अभियान रामेछापमा पनि सकियो
- प्रकाशित मिति: आइतबार, जेष्ठ २६ २०७६
- तामाकोशी