समृद्ध देश बनाउन रगत होइन अब पसिना बगाए पुग्छ : मुख्यमन्त्री पौडेल

  • प्रकाशित मिति: बुधबार, जेष्ठ १५ २०७६
  • तामाकोशी

हेटौडा । जेठ १५ गते,
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समुन्नत र समृद्ध देशको रुपमा स्थापित गर्न अबको पुस्ताले रगत बगाउनु नपर्ने बताएका छन् । गणतन्त्र दिवस मूल समारोह समिति प्रदेश नम्बर ३ को आयोजनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको पुस्ताले समृद्ध नेपाल निर्माणका लागि श्रम र पसिना बगाए मात्र पुग्ने बताए । उनले गणतन्त्रसम्म आइपुग्दा यो देशको हरेक परिवर्तनका लागि आफ्नो जीवनको आहुति दिने सम्पूर्ण शहीदप्रति श्रदाञ्जली पनि व्यक्त गरे । हातमा सीप र पाखुरीमा बल भरिएकाहजारौं युवाहरुलाई राष्ट्र निर्माणको महाअभियानमा जोड्न सकिए सुखी नेपाली समृद्ध नेपाल नर्माणको राष्ट्रिय संकल्प पूरा गर्न सकिने मुख्यमन्त्री पौडेलले बताए । अब कसैले पनि अधिकारको लडाइ लड्नुपर्ने अवस्था नरहेको उनले बताए ।