२५६३ औँ बुद्धजयन्तीको अवसरमा रामेछाप पनि विभिन्न कार्यक्रमको आयोजना

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ४ २०७६
  • तामाकोशी

रामेछाप । जेठ ४ गते,
२५६३ औँ बुद्धजयन्तीको अवसरमा रामेछाप सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरिएको छ । विहान बजार परिक्रमा पछि बसपार्क स्थित गुम्बा हलमा कार्यक्रम गरिएको हो ।
बुद्धिष्ट समाज विकास समिति रामेछापका अध्यक्ष हरि बहादुर योञ्जनको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन ३ नम्बर प्रदेशका सांसद शान्ति प्रसाद पौडेलले गरेका हुन् । कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत , लिखुतामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल, समाजवादी पार्टी रामेछापका अध्यक्ष सोनाम ग्यापक ,उद्योग बाणिज्यसंघका महासचिाव जगन्नाथ दाहाल ,पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री ,सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष दुर्गा श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा वक्ताहरुले २५६३ बर्ष अगाडी गौतम बुद्धले प्रतिपादन गर्नुभएको सिद्धान्त पृथ्वीमा रहेका प्राणी जगतका लागि उत्कृष्ट सिद्धान्त रहेको बताएका थिए । राज परिवारमा जन्मेका गौतम बुद्ध सुख सयलको जीवन छोडी यूवा अवस्थामा गृह त्याग गरेरे शान्तिको खोजी गरेका थिए । आजको दिनमा गौतम बुद्धले देखाएको बाटोमा हिडेमात्रै संसार बुझ्न सकिने मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत र प्रमुख लामागुरु पदम लामाको भनाई छ ।