प्रथम रामेछाप लोक तारा २०६६ का विजेता रामकुमार नेपालीले रामेछापबासी लगाएत संगितप्रेमी सम्पुर्णलाई सहयोगको अपिल गरेको छ । कलाकार रामकुमार नेपालीले इमेज टेलिभिजन मार्फत प्रशारित लोकप्रिय रियालिटि सो कोलगेट लोक कलाकारको पब्लिक च्याइस सिजन टु विजेता बनाउनको लागि भोट गरेर सहयोग गर्न अपिल गरेको हो ।
विभिन्न प्रतियोगिताहरुमा अब्बल सावित गर्दै आएका कलाकार रामकुमार रामेछापको मन्थली नगरपालिका कुडाहारबासी हुन् । विगत दश वर्षदेखि संगितको क्षेत्रमा सक्रिय रामकुमार रामेछाप लोकतारा २०६६ हुदै राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल, मेगाबैंक राष्ट्रिय एकल लोक गायन प्रतियोगिता २०७५ का विजेता समेत हुन् ।
कलाकार रामकुमार नेपालीलाई कोलगेट लोक कलाकारको पब्लिक च्याइस सिजन टु मा भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर ILK स्पेस 6 टाइप गरी ३५००५ मा सेन्ट गर्नुपर्नेछ ।




(भिडियो सहित)