रामेछाप । चैत्र १२ गते,
रामेछाप जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रको समस्या, सम्भावना र चुनौतीको विषयमा स्थलगत अनुगमनमा जाने मिसन टोली सदस्यहरुको लागी मंगलबार प्रारम्भिक चरणको छलफल गरिएको छ ।
जिल्लामा शिक्षा र स्वास्थ्य जस्ता अति महत्वपुर्ण निकायहरुको अवस्थाको बारेमा मानव अधिकार संरक्षण सञ्जाल रामेछापले नागरिक स्तरबाट अनुगमन गर्ने भएको हो । कार्यक्रममा नयाँ शैक्षिक सत्र २०७६ को सुरुवात भएसंगै अनुगमन सुरु गर्ने बारेमा छलफल भएको छ । त्यसको लागी सदस्यहरुलाई अनुगमनका क्रममा प्रयोग हुने विभिन्न विषयमा जानकारी गराइएको छ । मानव अधिकार संरक्षण सञ्जाल रामेछापका अध्यक्ष पाण्डव प्रसाईको अध्यक्षतामा भएको छलफलमा नेपाल बार एसोसियशन रामेछापका अध्यक्ष बिचरसिंह दोङ,रेडक्रस रामेछापका सभापति शिवकुमार कार्की,गैरसरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष रत्नप्रसाद कँडेल लगायत मानवअधिकार संरक्षण सञ्जालमा
आवद्ध प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई हुराडेक नेपाल दोलखा पारस्पारिक जवाफदेहीता परियोजना रामेछापका कार्यक्रम संयोजक नवराज पथिकले अनुगमनका विविध पक्षको बारेमा विषयवस्तुको प्रस्तुतीकरण गरेका थिए । सहभागीहरुले रामेछाप जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रमा हुन गइरहेको नागरिक अनुगमनले महत्वपूर्ण उपलब्धी हाँसिल हुने बताएका छन् ।
रामेछापको शिक्षा र स्वास्थ्य क्षेत्रमा नागरिक अनुगमन गर्ने विषयमा छलफल
- प्रकाशित मिति: मंगलबार, चैत्र १२ २०७५
- तामाकोशी