रामेछापको माकादुममा स्थानीय तहको योजना निर्माण प्रक्रिया बारे अभिमूखिकरण

  • प्रकाशित मिति: शनिबार, फाल्गुन ४ २०७५
  • तामाकोशी

रामेछाप । फागुन ४ गते,
रामेछापको खाँडादेवी गाउँपलिका–६ माकादुमका टोल सुधार समितिका संयोजक र समुहका महिलाहरुलार्य स्थानीय तहको योजना निर्माण प्रक्रिया र सार्वजनिक सेवाको गुणस्तरको बारेमा शनिबार प्रशिक्षण प्रदान गरिएको छ । हुराडेक नेपाल दोलखाको आयोजना तथा वडा कार्यालयको समन्वयमा कार्यक्रम भएको हो ।
युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० संगको सहकार्यमा सञ्चालित नागरिक समाज पारस्पारिक जवाफदेहीता परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो ।
वडाकार्यालयका निर्वा्चित जनप्रतिनिध, स्थानीय सभाका सदस्यहरु, प्रधानाध्यापकहरु, टोल सुधार समितिका अध्यक्ष, महिला समुह तथा सहकारीका प्रतिनिधिहरु, आमा समुह, युवा समुह, रेडियो स्रोता समुहका प्रतिनिधि लागायतको सहभागित रहेको सो कार्यक्रममा स्थानीय तहको योजन छनौटका प्रक्रिया, चरण, प्राथमिकताका योजनाहरु र योजना कार्यान्वयनको प्रक्रियोको बारेमा वडाअध्यक्ष एवं गाउँपालिका प्रवक्ता पुष्कर कार्कीले जानकारी गराएका थिए ।
उनले विगतको वर्षहरुमा भएका अभ्यास तथा यस वर्षको योजनाको बारेमा समेत जानकारी दिएका थिए । योजना निर्माणको प्रक्रियाको बारेमा जानकारी दिँदै अब कसैलाई भनेर वा टिपाएर योजना नपर्ने बताउँदै टोल स्तरका भेलामा सहभागि भई प्राथमिकताका योजना छनौट गर्न टोल सुधार समितिलाई आग्रह गरे ।
उनले वडामा यस वर्ष सञ्चालन भएका कार्यक्रम र त्यसको उपलब्धिको बारेमा समेत जानकारी दिएका थिए ।
कार्यक्रममा हुराडेक नेपालका रामेछाप जिल्ला कार्यक्रम संयोजक नवराज पथिकले योजना निर्माणको बारेमा सर्वसाधारणलाई सचेत गराई योजना छनौट प्रक्रियामा सक्रिय सहभागि गराउन कार्यक्रम अयाोजना गरिएको बताए ।