भेरी नदीमा खस्याे बस ! गयो ४ जनाकाे ज्यान ९ जना घाईते कैयौ यात्रु बेपता

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन २ २०७५
  • तामाकोशी

जाजरकाेट – नेपालगञ्जबाट रुकुमको राडीबजार तर्फ गइरहेको यात्रुवाहक बस दुर्घटनामा परेको छ। जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ रीम्नास्थित भेरी नदीमा भे१ ख १३२९ नम्बरको बस खस्न पुग्दा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। घाइतेहरुको उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा पठाइएको छ। यस्तै दुर्घटनामा परी केही यात्रु हराइरहेका र उनीहरुको खोजी कार्य समेत जारी रहेको असई खेमराज तिनकडीले जानकारी दिए। बसमा करिब डेढ दर्जन यात्रु रहेको अनुमान गरिएको छ।