काठमाडौं – निर्मलाका लागि न्याय अभियानले राजधानीको व्यस्त स्थान नयाँ बानेश्वरमा युवाहरुको डी एन ए परीक्षणका लागि भन्दै रगत संकलन गरेर सांकेतिक विरोध गरेको छ ।
पन्तको हत्यामा संलग्न दोषिलाई कारबाही गर्न सरकार असक्षम भएको भन्दै चौतर्फी विरोध भइरहेका बेला निर्मलाको न्यायको पक्षमा उभिएका स्वतन्त्र नागरिकहरु डीएनए परीक्षण कार्यक्रममा सहभागी भएका हुन् ।
हत्यारा पत्ता लगाउन भन्दै सरकारले सामूहिक डीएनए परीक्षण गर्ने तयारी गरिरहेका बेला नागरिकहरुले सरकारलाई दवाव दिन यस्तो कार्यक्रम गरेका हुन् । स्वतन्त्र रुपमा न्यायको पक्षमा उभिएका सर्वसाधरणले शनिबार दिउँसो नयाँ बानेश्वरमा डीएनए परीक्षणका लागि भन्दै रगत दिएका थिए ।
निर्मलाका लागि न्याय अभियानले नयाँ बानेश्वरमा शनिबार संकलीत तीन दर्जन बढी रगत नमुनालाई गृहमन्त्रीलाई बुझाउने बताएको छ ।