इटालीमा शक्तिशाली आँधी, ११ जनाको मृत्यु, पढ्नुहोस

  • प्रकाशित मिति: बुधबार, कार्तिक १४ २०७५
  • तामाकोसी खबर

कार्तिक १४/ इटालीमा तीव्र गतिमा आएको हावा र पानीका कारण ११ जनाको ज्यान गएको छ ।

इटालीको पश्चिम र उत्तरी क्षेत्रमा प्रतिघण्टा १ सय ८० किलोमिटरको गतिमा चलेको हावाका कारण रुखहरु ढलेका छन् । यातायात र बिजुली आपूर्ति समेत रोकिएको छ ।



भेनाइस सहर ७५ प्रतिशत डुबानमा परेको बीबीसीले जनाएको छ । त्यहाँका मौसमविद्ले अझै केहिदिन मौसम खराब हुने अनुमान गरेका छन् ।

दक्षिणी तथा मध्य यूरोपका अधिकांश क्षेत्रमा खराब मौसमका कारण पर्यटक तथा यात्रुहरू हजारौँको सङ्ख्यामा बाटोमा अलपत्र परेका सञ्चारमाध्यमले जनाएका छन् । आँधीका रूख ढलेर विभिन्न क्षेत्रमा बाटो बन्द भएपछि सवारी साधन बीचमै अलपत्र परेका थिए ।