काठमाडौंमा छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, दुईजना घाइते, पढ्नुहोस

  • प्रकाशित मिति: मंगलबार, कार्तिक १३ २०७५
  • तामाकोसी खबर

काठमाडौं, कार्तिक १३ । काठमाडौंमा आज बिहान भएका छुट्टाछुट्टै दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

काठमाडौंको बसुन्धारामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नुवाकोट बालकुमारी घर भएका २५ बर्षीय नवराज रिजालको मृत्यु भएको हो । गम्भिर घाइते भएका उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान ४ बजे मृत्यु भएको हो ।



रिजालले चलाएको बा६८प ७४७८ नम्बरको मोटरसाइकल आज बिहान साढे ३ बजे अनियन्त्रित भई सडक छेउमा रहेको बिजुलीको पोलमा ठोकिएको थियो ।

त्यस्तै, आजै बिहान काठमाडौंको लैनचौरमा माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जना गम्भिर घाइते भएका छन् । मोटरसाइकल चालक २७ बर्षीय प्रकाश तामाङ र पछाडी सवार सजु थापा घाइते भएका हुन् ।

माइक्रो बसको ठक्करबाट गम्भिर घाइते भएका दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

बिहान ६ बजे बा२ख ३०६८ नम्बरको माइक्रोले बा६४प ९२८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । माइक्रोसहित चालकलाई महानगरीय प्रहरी वृत्त दरवारमार्गले नियन्त्रणमा लिएको छ ।