काठमाडौं, असोज १ गते । आज विश्वकर्मा दिवस बाबा विश्वकर्मालाई पूजाआजा गरी मनाईंदैछ ।
आजको दिन प्राविधिक सीप र कलाका सृष्टिकर्ता भगवान विश्वकर्माकाे पूजा गरिन्छ ।
पहिले पहिले विश्वकर्मा जातिले मात्र मनाउने गरेको यो दिवस अहिले प्रत्येक कलकारखाना, उद्ययोगधन्दा मर्मतसम्भार र यातायात क्षेत्रमा काम गर्ने व्यक्तिहरुले धुमधामसँग विश्वकर्मा बाबाको पूजाअर्चना गरेर मनाउने गर्दछन् ।
विश्वकर्मा बाबालाई कालीगढका देवताको रुपमा लिइन्छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्धारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।
एकै रातमा समुद्रको बीचमा ‘भेद द्धारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्धका रुपमा लिइन्छ । त्यस समयदेखि विश्वकर्मा बाबाको पूजाआजा गर्ने परम्परा बसेको पाइन्छ ।
विश्वकर्माले निर्माण गरेको उक्त ‘भेद द्धारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको छ ।
यही सम्झनामा नेपालका कालीगढहरुले आजको दिन विश्वकर्मा बाबाको भव्य रुपमा पूजाआज गरी सम्मान प्रकट गर्दछन् ।