एसिया कप छनोटः नेपालद्धारा सिंगापुरमाथि ४ विकेटको जित

  • प्रकाशित मिति: आइतबार, भाद्र १७ २०७५
  • तामाकोसी खबर

मलेसिया, भदौ १७ गते ।
एसिया कप क्रिकेटको छनोट प्रतिस्पर्धामा नेपालद्धारा सिंगापुरमाथि ४ विकेटको जित हासिल गरेको छ ।

टस जितेर ब्याटिङ्ग रोजेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको थियो तर नेपालले २८.१ ओभर खेलेर ६ विकेट गुमाउदै लक्ष्य भेटायो ।



लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर अनिल शाहले आक्रमक सुरुवात दिएका थिए । उनले ३२ बलमा ४३ रन बनाए ।

यसैगरी ज्ञानेन्द्र मल्लले २९ र दिपेन्द्र सिंह ऐरीले ३४ बलमा ३३ रन बनाए ।
नेपालका ललित नारायण राजवंशी र सन्दीप लामिछानेले तीन –तीन सोमपाल कामीले दुई पारस खड्का र बसन्त रेग्मीले एक–एक विकेट लिएका हुन् ।

पहिलो खेलमा ओमान र दोस्रो खेलमा यूएईसँग पराजित भएको नेपालले शनिबार आयोजक मलेसियालाई हराएको थियो ।

नेपालले सिंगापुरसँग अहिलेसम्म ६ पटक खेलेको छ । जसमा सबै खेलमा नेपाल विजयी भएको छ ।