पूर्वाधार निर्माण वर्तमान सरकारको पहिलो प्राथमिकताः मन्त्री ढुङ्गेल

  • प्रकाशित मिति: शुक्रबार, भाद्र ८ २०७५
  • तामाकोसी खबर

नवराज पथिक रामेछाप, भदौ ८ गते ।
प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका आधारभूत पूर्वाधारहरु वर्तमान सरकारको पहिलो प्राथमिकताको क्षेत्रमा रहेको बताएका छन् । उनले गुणस्तरीय र प्राविधिक शिक्षा दिने विद्यालयहरु गाउँमानै सञ्चालनमा आउने बताए । रामेछाप जिल्लाका हरेक गाउँ सडक सञ्जालमा जोडिने बताउँदै ढुङ्गेलले स्वास्थ्य सेवालाई नागरिककको पहुँचमा पुर्याउने बताए ।
मन्त्री ढुङ्गेलले भूकम्पको कारण भत्किएका विद्यालयहरुको पूनर्निर्माणमा भएको सुस्ताताको विषयमा आप्mनो गम्भिर ध्यानाकर्षण भएको पनि बताएका छन् । मानवअधिकार संरक्षण सञ्जाल (शिक्षा सञ्जाल ) रामेछापले विद्यालय भनवको पूनर्निर्माणमा भएको ढिलाईको विषयमा शुक्रबार मन्थलीमा बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री ढुङ्गेलले यस विषयमा आफू गम्भिर भएर लाग्ने बताए ।

रामेछापमा भारतीय दुतावासले निर्माण गर्ने भनिएका विद्यालयहरुको निर्माणको काम नै सुरु नभएको तथा अन्य विद्यालहरुको काम पनि सुस्त गतिमा अघि बढेको भन्दै मन्त्रीको ध्यानाकषर्ण गराइएको थियो ।
मन्त्री ढुङ्गेलले दुध बेचेर कोक खाने परम्परा रहेसम्म नेपाली संस्कृतिको संरक्षण नहुने पनि बताएका छन् ।