रामेछाप । भदौ ७ गते,
स्युबा बहुभाषिक साक्षरता परियोजनाको समिक्षा बैठक विहिबार मन्थलीमा सम्पन्न भएको छ । एस आई एल नेपालको आर्थिक सहयोगमा हिमाली आदीवासी समाजले संचालन गरेको सो कार्यक्रमको अन्तिम समिक्षा भएको हो ।
जिल्ला समन्वय समिती रामेछापका सदस्य पूर्ण बहादुर महतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थली नगरपालीका प्रमुख रमेश कुमार बस्नेत लिखुतामाकोसी गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहाल र विभिन्न वडाका वडाअध्यक्ष लगायतको सहभागिता रहेको थियो । कुल ४५ लाख रुपैयाँको लागतमा सम्पन्न भएको परियोजनाबाट प्रत्यक्ष रुपमा ३ सय ८४ र अप्रत्यक्ष रुपमा १ हजार ५ सय ४० जना लाभान्वित भएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रम लिखुतामाकोशी गाउँपालिका – १ दुरागाउँका बनौती, मुलखर्क, फेदी, ढुङ्गाडे र मौरे गरी ५ ओटा वस्तीमा, गोकुलगंगा गाउँपालिका– ५ नामाडीको अम्फे र काँडे, वडा नं ३ रस्नालुको कागते सुर्के र उमाकुण्ड गाउँपालिका – ७ भुजी र सुइते गरी १० वडा वस्तीमा सञ्चालन गरिएको थियो । कार्यक्रममा सहभागीहरुले स्याबु भाषा संरक्षणको लागी यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
रामेछापमा स्युबा बहुभाषिक साक्षरता परियोजनाको समिक्षा ( के के भयो हेर्नुहोस् )
- प्रकाशित मिति: बिहिबार, भाद्र ७ २०७५
- तामाकोसी खबर