रामेछापका प्रजिअ श्यामकृष्ण थापाको सप्तरी सरुवा

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ २२ २०८३
  • तामाकोशी

रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्यामकृष्ण थापाको सप्तरी जिल्लामा सरुवा भएको छ । गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीहरुको व्यापक सरुवा तथा पदस्थापन गरेसँगै थापाको सरुवा भएको हो । मन्त्रालयले जेठ २२ र १३ गतेको निर्णयअनुसार उपसचिव, प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तहका गरी विभिन्न जिल्लामा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ ।
यसै क्रममा रामेछाप सहित १५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको हो । नयाँ निर्णयअनुसार अब रामेछापको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हाल पाल्पा जिल्लाकी प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरले सम्हाल्ने भएकी छिन् । थापा २०८२ वैशाख २१ गतेदेखि रामेछापका सिडिओका रूपमा कार्यरत थिए । उनले १३ महिना भन्दा बढी समय रामेछापको प्रशासनिक नेतृत्व सम्हालेका छन् ।