समानुपातिकतर्फ १ करोडभन्दा बढी मत गणना, रास्वपा फराकिलो अग्रतामा

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन २६ २०८२
  • तामाकोशी

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना १ करोड नाघेको छ। निर्वाचन आयोग ले सार्वजनिक गरेको पछिल्लो एकीकृत विवरण अनुसार देशभर हालसम्म १ करोड १० हजार ४२० मत गणना भइसकेको छ।

हालसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ४८ लाख १४ हजार ५ सय ४२ मतसहित स्पष्ट अग्रतामा रहेको छ। त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १६ लाख २० हजार ५ सय ५९ मत प्राप्त गरेको छ भने नेकपा एमाले १३ लाख ४९ हजार ४ सय ५० मतसहित तेस्रो स्थानमा रहेको छ। यसैगरी नेपाली कम्युनिस्ट पार्टी ले ७ लाख ३३ हजार ६ सय १० मत प्राप्त गर्दै चौथो स्थान सुरक्षित गरेको छ।



निर्वाचनमा नयाँ शक्तिका रूपमा देखिएको श्रम संस्कृति पार्टी ले ३ लाख ४१ हजार ८३ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी को पक्षमा ३ लाख १५ हजार ८ सय २० मत खसेको छ। यस्तै जनता समाजवादी पार्टी नेपाल ले १ लाख ६४ हजार ८ सय ९३ मत प्राप्त गर्दा राष्ट्रिय परिवर्तन पार्टी ले १ लाख ६१ हजार १ सय ४७ मत प्राप्त गरेको आयोगले जनाएको छ। देशभर मतगणना कार्य जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने आयोगले जनाएको छ।