रामेछाप । निजामती क्षेत्रको पहिलो राष्ट्रिय स्तरको ट्रेड युनियन नेपाल निजामती कर्मचारी संगठनको ३५ औँ स्थापना दिवस रामेछापमा पनि मनाइएको छ ।
नेपाल निजामती कर्मचारी संगठन रामेछापले आइतबार सदरमुकाम मन्थली स्थित मन्थली अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरी संगठनको ३५ औँ स्थापना दिवस मनाएको हो ।
फलफूल वितरण कार्यक्रममा पेसागत महासंघका केन्द्रीय सदस्य भरत कुमार श्रेष्ठ, संगठनका केन्द्रीय प्रतिनिधि मुकुन्द कुमार खड्का लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
संगठनको स्थापना दिवसमा बिरामीहरूलाई फलफूल वितरण गरी शीघ्र स्वास्थ्य लाभको कामना गरिएको नेपाल निजामती कर्मचारी संगठन रामेछापका सचिव रामकुमार श्रेष्ठले बताउनुभयो । नेपाल निजामती कर्मचारी संगठन रामेछापले निजामती कर्मचारीहरूको हक हितका लागि मात्रै नभई अन्य विभिन्न रचनात्मक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ ।
