मन्थली नगरपालिका–५ सुनारपानीमा एक युवक मृत अवस्थामा भेटिए

  • प्रकाशित मिति: आइतबार, बैशाख २३ २०८१
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । मन्थली नगरपालिका वडा नं ५ टार बारी भन्ने स्थानमा शनिवार राति ९ बजे मृत भेटिएका युवक सोही वडाका सन्दीप भनेर चिनिने ३८ वर्षका निरबहादुर रोक्का रहेको स्थानीयले बताएका छन् । शनिवार राति नै लास फेला परेको भए पनि आइतबार बिहान मात्रै प्रहरी घटना स्थलमा पुगी मुचुल्का गरी लास पोस्टमार्टम लागि सदरमुकाम स्थित मन्थली अस्पताल ल्याइएको बताइएको छ । स्थानीयका अनुसार मृत भेटिएका रोक्का शनिवार दिउँसो घर नजिकै गाउँमा काम गर्न गएका थिए । रोक्कालाई शनिवार राति अन्दाजी ९ बजेतिर स्थानीयले मृत अवस्थामा फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।