रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा निर्माणाधीन दुगड ग्रुपको लिखु–१ जलविद्युत् आयोजनाको ड्याममा डुबेर एक पुरुषको मृत्यु भएको छ । उमाकुण्ड गाउँपालिका–२ राङ दहका ६६ वर्षीय कृष्ण बहादुर भुजेलको हाइड्रोपावरको ड्याममा डुबेर मृत्यु भएको हो । आइतबार घरबाट निस्केका उनलाई खोजी गर्ने क्रममा हाइड्रोपावरको ड्याममा मृत भेटिएको रामेछाप प्रहरीले जनाएको छ । शव फेला पर्नुअघि उनको ड्यामको छेउमा जुत्ता र कपडा फेला परेको थियो । उनको शवलाई अहिले पोस्टमार्टम लागि दोलखाको जिरीस्थित जिरी अस्पतालमा राखिएको छ ।
लिखु–१ जलविद्युत् आयोजनाको ड्याममा डुबेर एक पुरुषको मृत्यु
- प्रकाशित मिति: मंगलबार, बैशाख ११ २०८१
- तामाकोशी