रामेछाप । रामेछापको मन्थली नगरपालिकाले “मानव जीवनमा योगको महत्त्व ’ विषयमा वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।
नगरपालिकाले शिक्षा विकास तथा समन्वय इकाई रामेछापको पत्र अनुसार पुस १९ गते वक्तृत्वकला प्रतियोगिता गर्न लागेको हो । नगरपालिका भित्र सञ्चालित माध्यमिक तहका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको अनिवार्य सहभागितामा वक्तृत्वकला प्रतियोगिताको तयारी भएको मन्थली नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख विष्णु बहादुर अधिकारीले बुधवार जानी गर्नुभएको सूचनामा उल्लेख छ । विद्यालय निरीक्षक अधिकारीले जारी गर्नुभएको सूचनामा नगरपालिका भित्र सञ्चालनमा रहेका सामुदायिक÷संस्थागत विद्यालयहरूले प्रतियोगितामा सहभागिताका लागि पुस १८ गते बेलुका ४ बजेसम्म एक जना विद्यार्थीको अनिवार्य नामावली इमेल मार्फत पठाउन आग्रह गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार सहित प्रमाणपत्र पाउनेछन् ।
