एमाले रामेछापले शुभकामना आदान प्रदान तथा बधाई कार्यक्रम गर्दै

  • प्रकाशित मिति: मंगलबार, असोज २३ २०८०
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछापले शुभकामना तथा पार्टीको वाग्मती प्रदेशमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई कार्यक्रम गर्ने भएको छ । असोज २६ गते शुक्रवार सदरमुकाम मन्थली स्थित जिएस एल्लो होटेलमा कार्यक्रम तय भएको एमाले रामेछापले जनाएको छ । नेपालीहरूको महान् चाड वडा दसैँ, तिहार तथा छठ पर्व २०८० को शुभकामना आदान प्रदान तथा पार्टी वाग्मती प्रदेशमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई कार्यक्रम गर्न लागिएको एमाले रामेछापका सचिव पुरुषोत्तम कडरियाले बताउनुभयो ।