रामेछाप । क्षितिज थेबेको नेतृत्वमा राष्ट्रिय युवा सङ्घ नेपालको नेतृत्वमा नयाँ नेतृत्व घोषणा भएको छ । नेपालगन्जमा भएको नवौँ राष्ट्रिय महाधिवेशनबाट थेबेको नेतृत्वका बिहीबार नयाँ कमिटी घोषणा भएको हो । सहमति नभएपछि मङ्गलवार निर्वाचन प्रक्रिया थालेको एमालेको भातृसंगठन राष्ट्रिय युवा सङ्घ नेपालले उम्मेदवारहरूको मनोनयन दर्ता भएपछि सहमति गराएको हो। युवा सङ्घको नयाँ नेतृत्वको टिममा उपाध्यक्ष र सचिव सहित रामेछापका ५ जना अटाएका छन् । रामेछापबाट कृष्णहरि केसी उपाध्यक्ष र जय गुरुङ सचिव बनेका छन् । त्यसैगरी, सोनु रोक्का क्षत्री, राजकुमार खड्का र छोटी लामा केन्द्रीय सदस्य बनेका छन् ।
राष्ट्रिय युवा सघ नेपालमा को-को सर्बसम्मत भए पदाधिकारी ?
अध्यक्ष : क्षितिज थेबे
उपाध्यक्ष :
अमित लामा
पुष्प श्रेष्ठ
कृष्णहरी केसी
महाराज गुरुङ
सीता सुवेदी
रमेश तिवारी
प्रकाश गौतम
महासचिव
सुमन पुरी
उपमहासचिव
महेन्द्र गुरुङ
राजन थापा
सचिव
विनय शाह
खेम शर्मा
जय गुरुङ
मोबिन आलम
अनिता कन्दङ्वा
देवानन्द मेहता
बिष्णा चन्द
पर्वत भण्डारी
कुबेर अधिकारी
कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख)
राकेश राई
लेखा आयोग
प्रमुख : सन्तोष चौलागाई
उपप्रमुख : नानीराम तिवारि
सचिव : प्रविन बोगटी
अनुशासन आयोग
प्रमुख : राकेश लामा
उपप्रमुख : दिपेश खड्का
सचिव : राजन नेपाली
निर्वाचन आयोग
प्रमुख : बलराम बेलबासे
उपप्रमुख : बाबु छतकुली
सचिव : गोकर्ण नेपाली