बारा । जनमत र कार्यकर्ता पनि नभएको पार्टीबाट बारा क्षेत्र नं.४ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका एकिकृत समाजवादीका नेता किसान श्रेष्ठ यति बेला नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता फकाउँनमा व्यस्त देखिएका छन् ।
टिकट वितरणलाई लिएर अस’न्तुष्टि जनाउँदै आएको कांग्रेसले निर्वाचनमा असहयोग गर्ने देखे पछि श्रेष्ठले कांग्रेसका नेता फकाउँन थालेका हुँन् । आफ्नों समेत केही प्रतिशत लगानी रहेको सिमरा स्थित होटल क्लासिकमा बोलाएर समाजवादीका उम्मेदवार श्रेष्ठले कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुलाई फकाउँने अभियान सुरु गरेका हुँन् । कांग्रेस नेतालाई फकाउँने क्रममा श्रेष्ठले तनँहु–१ नेपाली कांग्रेसका बरिष्ठ नेतालाई छोडेर आँफू बारा आएको बताउँने गरेका छन् । तर, उक्त क्षेत्रमा बरिष्ठ नेता पौडेलले टिकट पाउँने भए पछि उनी पार्टीको जनधार नैं भएको बारा ४ मा आएका हुँन् ।
श्रेष्ठ नेपाली कांग्रेस र माओवादी केन्द्रको मतदाताको भर परेर उम्मेदवार बनेका छन् । तर, श्रेष्ठको उम्मेदवारीसँगै स्थानीय कांग्रेसका नेता कार्यकर्तामा अस’न्तुष्टि चुलिएको छ । तनँहुबाट टिकट नपाउँने देखे पछि बारा क्षेत्र नम्बर ४ मा रोज्ने निर्णयमा पुगेका श्रेष्ठलाई अहिले आफ्नों निर्णय आँफै माथि भारी पर्न थालेको छ । एकिकृत समाजवादीको कमजोर जनमत हुँदाहुँदै पनि ठुलो पार्टीलाई पन्छाएर टिकट हत्याउँन सफल भएका श्रेष्ठले कांग्रेसका मतदातालाई रिझाउँ गरीरहेको प्रयासले उनलाई आफ्नो निर्णय आफै माथि भारी पर्न थालेको पु’ष्टि भएको छ । तर कांग्रेस कार्यकर्ताहरु भने नेतृत्वले जिल्लाको राजनीतिक अवस्थाको बारेमा जानाकारी नै नराखि श्रेष्ठलाई कार्यकर्ताको भावना विपरीत उम्मेद्ववार बनाएको भन्दै अस’न्तुष्ट छन् ।