रामेछाप । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई आइतबार रामेछाप आउने भएको छ । नेकपा एमाले मन्थली नगर कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमका लागि प्रमुख अतिथिका रुपमा सचिव भट्टराई रामेछाप आउन लाग्नुभएको हो । मन्थली नगर कमिटीको संगठन सुदृढीकरण र सुद्धिकरण कार्यक्रमा प्रशिक्षण दिन सचिव भट्टराई लगायतका नेता रामेछाप आउने एमाले रामेछापका उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाशकुमार कार्कीले जानकारी दिनुभयो । प्रशिक्षणका लागि पार्टी स्कुल विभागका केन्द्रिय सदस्य घनश्याम कोइराला, एमाले केन्द्रिय सदस्य तथा रामेछाप जिल्ला ईन्चार्ज कैलाश प्रसाद ढुङ्गेल, केन्द्रिय सदस्य माधव ढुङ्गेल, गीता कार्की लगायतका नेताहरु आउने उपसचिव कार्कीले बताउनुभयो । संगठन सुदृढीकरण र सुद्धिकरण कार्यक्रमा मन्थली भूगोल, प्रदेश कमिटी, जिल्ला कमिटी, जिल्ला सल्लाहकार परिषद, जननिर्वाचित प्रतिनिधिहरु, मन्थली नगर कमिटी, नगर सल्लाहकार परिषद सदस्यहरुको सहभागिता रहने एमाले मन्थली नगर कमिटीका अध्यक्ष रामबाबु घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा मन्थली नगर वडा कमिटीका पदाधिकारी, टोल कमिटीका अध्यक्षहरु, जनसंगठन केन्द्रिय÷प्रदेश÷जिल्ला कमिटी र वडा कमिटीका अध्यक्षहरुको समेत सहभागिता रहने एमाले मन्थली नगर कमिटीका अध्यक्ष रामबाबु घिमिरेले जानकारी दिनुभयो ।
एमाले सचिव योगेशकुमार भट्टराई भोली रामेछाप आउने
- प्रकाशित मिति: शनिबार, भाद्र ४ २०७९
- तामाकोशी