रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ३ रस्नालुमा नेकपा एमालेको प्यानलै विजयी भएको छ । काँग्रेसका वडा अध्यक्षका उम्मेदवारलाई ६५६ मतले हराउँदै रस्नालुको वडा अध्यक्षमा नरविक्रम कार्की र उहाँको प्यानलै विजयी भएको हो । २०७४ मा भएको स्थानीय निर्वाचनबाट वडा नम्बर ३ मा निर्वाचित भएर एक कार्यकाल काम गरिसक्नु भएका कार्की रस्नालु ३ कै वडाध्यक्षमा पुनः निर्वाचित हुनुभएको हो । कार्कीले एक हजार १७० मत प्राप्त गर्दा उहाँका निटकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ५१४ मत मात्रै प्राप्त गरेका छन् ।
गोकुलगंगा गाउँपालिका–३ रस्नालुमा एमालेको प्यानलै विजयी
- प्रकाशित मिति: आइतबार, जेष्ठ १ २०७९
- तामाकोशी