मन्थली ३ को वडा अध्यक्षमा एमालेबाट कृष्णगोपाल थापा सर्वसम्मत उम्मेदवार

  • प्रकाशित मिति: शनिबार, बैशाख १० २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमालेले रामेछापको मन्थली नगरपालिका वडा नं ३ कठाजोरको वडा अध्यक्षको उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । शनिबार बसेको वडा कमिटीको बैठकले वडा अध्यक्षको उम्मेदवारमा कृष्णगोपाल थापालाई सर्वसम्मत सिफासिर गरेको हो । थापा नेकपा एमाले मन्थली नगरपालिका ३ नं वडा कमिटीका अध्यक्ष हुनुहुन्छ । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा यो वडाको अध्यक्ष नेपाली काँग्रेसले जितेको थियो । थापाले निर्वाचन लक्षित १७ बँुदे प्रतिवद्धतापत्र समेत सार्वजनिक गर्नुभएको छ ।