रामेछाप । मानव अधिकार एलाइन्स रामेछाप जिल्ला कमिटीको अध्यक्षमा थिरबहादुर थापा (रविन) चयन हुनुभएको हो । मंगलबार सदरमुकाम मन्थलीमा भएको एलाइन्सको चौथो जिल्ला अधिवेशनले रविनको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय जिल्ला कमिटी बनाएको हो । एलाइन्सको उपाध्यक्षमा छत्रबहादुर मुग्राती, सचिवमा सुमन बोहरा, कोषाध्यक्षमा सर्मिला भण्डारी र सह–सचिवमा सम्झना बस्नेत चयन हुनुभएको छ । नयाँ बनेको कमिटीको सदस्यमा रेखा आले,सन्जय भण्डारी,जयकुमारी खाती, दुर्गा रोका लगायत रहनुभएको छ । बागमती प्रदेस सभाका सांसद शान्ति प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठ, सचिव पुरुषोत्तम कडरिया, उप–सचिव प्रकाशकुमार कार्की, जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का, गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवनकुमार श्रेष्ठ लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
मानव अधिकार एलाइन्स रामेछापको अध्यक्षमा थिरबहादुर थापा (रविन)
- प्रकाशित मिति: मंगलबार, फाल्गुन १७ २०७८
- तामाकोशी