एमाले गोकुलगंगा–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा कार्की

  • प्रकाशित मिति: आइतबार, फाल्गुन ८ २०७८
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछाप गोकुलगंगा–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा प्रकाश कार्की चुनिनु भएको छ । काठमाडौंमा सम्पन्न प्रथम अधिवेशनले २५ सदस्सीय सम्पर्क मञ्च सर्वसम्मत चयन गरेको हो । मञ्चको उपाध्यक्ष विक्कि लामा र महिला उपाध्यक्षमा बालकुमारी सुनुवार चुनिनु भएको छ । त्यस्तै सचिवमा अभिषेक दाहाल र उपसचिवमा क्रमशः प्रकाश बस्नेत तथा सङ्गीता कार्की चुनिनु भएको छ । कोषाध्यक्ष सञ्जीव खड्का चुनिनु भएको नेकपा एमाले गोकुलगंगा गाउँ पालिका अध्यक्ष दीपक कार्कीले जानकारी दिनुभयो । नेकपा एमाले केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम, एमाले केन्द्रीय सदस्यहरू माधव ढुङ्गेल, गीता कार्की, वाग्मती प्रदेश सचिवालय सदस्य तथा वाग्मती प्रदेश सभा सदस्य शान्तिप्रसाद पौडेल, वाग्मती प्रदेश सदस्य खड्ग सुनुवार लगायतले निर्वाचित नयाँ नेतृत्वलाई शुभकामना प्रदान गर्नुभएको थियो ।