रामेछाप । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपाली क्रान्तिको चरित्र विशिष्ट किसिमको भएकोले यसको उपलब्धिलाई पनि विशिष्ट रूपमा हेर्नु पर्ने बताउनुभएको छ । नेकपा एमाले रामेछापको दोस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रमलाई आइतबार मन्थलीमा सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले यस्तो बताउनुभएको हो । एमालेका उपाध्यक्ष पाण्डेले बामपन्थिले जित्दै गए प्राप्त उपलब्धि समाजवाद तर्फ अघि बढ्ने र दक्षिणपन्थीले जित्दै गए उपलब्धि पनि त्यतै जाने बताउनुभयो । त्यसैले वामपन्थीलाई त्यस तर्फ सचेत हुन उहाँले आग्रह गर्नुभयो । समाजवाद निर्माणको कुरा विशिष्ट ढंगले अघि बढ्ने उहाँले बताउनुभयो । यो किताबमा लेखेजसरी अघि नबढ्ने उहाँको तर्क छ । उपाध्यक्ष पाण्डेले स्थानीय तह निर्वाचनलाई अझै पनि सार्ने षडयन्त्र हुनसक्ने बताउनुभयो । प्रधानन्यायाधीश विरुद्ध सत्तारुढ दलले महाअभियोग प्रस्ताव दर्ता गरेको विषयले राजनीतिमा नयाँ तरंग आएको उहाँले बताउनुभयो । यसले राजनीति फेरि अर्को दिशामा अघि बढ्ने उहाँको भनाइ छ । उहाँले विगतमा पनि एमालेलाई हराउन कांग्रेस माओवादीले निर्वाचनमा एकता गरेको कुरा स्मरण गराउनुभयो ।
प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावले राजनीतिमा नयाँ तरंग ल्याउँछ : सुरेन्द्र पाण्डे
- प्रकाशित मिति: आइतबार, फाल्गुन १ २०७८
- तामाकोशी