चोरी मुद्दाका फरार दोषी १७ वर्षपछि पक्राउ

  • प्रकाशित मिति: सोमबार, माघ १० २०७८
  • तामाकोशी

रामेछाप । रामेछाप प्रहरीले चोरी मुद्दाका फरार दोषीलाई १७ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले आइतबार चोरी मुद्दामा दोषी ठहर भइ फरार रहेका रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ४ गौश्वाराका ४५ वर्षीय श्यामबहादुर थापामगरलाई पक्राउ गरेको हो । थापा मगरलाई जिल्ला अदालत काठमाडौंले २०६१ साल जेठ ११ गते देखीनकावजनी चोरी मुद्दामा दोषी ठहर गरेको थियो । उनलाई आइतबार दिउँसो दोरम्बा शैलुङ गाउँपालिका ४ पासेवन गौश्वरामा हिँडिरहेको अवस्थामा प्रहरी अधिकृत सहितको टोलीले पक्राउ गरी जिल्ला अदालत रामेछापमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । अदालतको आदेशबाट दोषीलाई सोमबार रामेछाप कारागार पठाइएको छ ।