दोलखामा थप दुई जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति: आइतबार, पुष १८ २०७८
  • तामाकोशी

दोलखा । जिल्लामा आइतबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको जिरी नगरपालिकामा रहेको जिरी अस्पतालमा दुई जनाको एन्टिजिन परिक्षण गरिएकामा एक जना महिला र एक जना पुरुषमा कोरोना पुष्टि भएको हो । यसैबिच स्वास्थ्य मन्त्रालयले ओमिक्रोन थप फैलन नदिन भन्दै सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई थप सावधानी अपनाउन निर्देशन दिएको छ । पछिल्लो समय कोभिडको संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिएकाले सबै निकायले सर्तक अपनाउन र पूर्वतयारीका साथ रहन निर्देशन दिएको हो । सबै तहमा जनस्वास्थ्यको पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाई परीक्षण दायरा बढाउन, कोभिड पहिचान भएकाहरूको उचित व्यवस्थापन गर्न, सीमा नाकाहरूमा प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्नलगायत निर्देशन दिएको स्वास्थ्य मन्त्रालयले जारी विज्ञप्तिमा उल्लेख छ ।