विनोद कुमार श्रेष्ठ
रामेछाप । जिल्लाको मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको विभिन्न वडाका नागरिक र जनप्रतिनिधि खानेपानीको मुहान संरक्षण तथा सुक्खा पोखरी निर्माणमा जुटेका छन् । वर्षादको समयमा समेत खानेपानीको अभाव हुने क्षेत्रको पहिचान गरी यी दुई नगरपालिकाको जनप्रतिनिधि र स्थानीयहरु खानेपानीको अभाव टार्न र गाईबस्तु अनि वन्यजन्तुलाई खानेपानीको प्यास मेटाउन मुहान संरक्षण र सुक्खा पोखरी निर्माणमा लागेका हुन् ।
अति सुख्खाग्रस्त मन्थली नगरपालिकाको वडा नं १ देखी ६ र रामेछाप नगरपालिकाको वडा नं ७,८र ९का जनप्रतिनिधि र सर्वसाधारणहरु आफुहलाई मात्रै हैन वन्यन्तुलाइ पनि खानेपानीको जोहोमा लागेका छन्् । खानेपानीको अभाव टार्न गाउँमा भएका पानीका मुहानलाई घेराबार तथा सिमेन्टेड गरी संरक्षण गरिएको र गाईबस्तु तथा वन्यजन्तुलाई पानीको प्यास मेटाउन ठाउँठाउँमा सुक्खा पोखरी निर्माण गरिएको मन्थली नगरपालिका वडा नं २ कठजोरका रामनारायण श्रेष्ठले बताउनुभयो ।
वातावरण संरक्षण परियोजनाको सहयोगमा आफ्नो वडाका विभिन्न ठाउँमा सुक्खा पोखरी निर्माण गरिएको र खानेपानीको मुहान संरक्षणका योजनाहरु सम्पन्न गरिएको मन्थली नगरपालिका वडा नं ३ का वडा अध्यक्ष केशवकुमार रोकाले बताउनुभयो । पानीको धेरै अभाव रहेको वडामा निर्माण भएको सुक्खा पोखरीमा जम्मा भएको पनी गाईबस्तु र वन्यजन्तुलाई भएको वडा अध्यक्ष रोकाको भनाइ छ । वातावरण संरक्षण परियोजना सहयोग र सर्वसाधारणको श्रमदानमा मन्थली नगरपालिकाको वडा नं १ देखी ६ र रामेछाप नगरपालिकाको वडा नं ७,८र ९ का विभिन्न स्थानमा ५२ वटा भन्दा बढी सुक्खा पोखरी निर्माण गरिएको र ३४ स्थानमा खानेपानीको मुहान संरक्षण योजना सम्पन्न गरिएको वातावरण संरक्षण परियोजानका वातावरण संयोजक माधव ढकालले बताउनुभयो । परियोजनाको सहयोगमा भएका खानेपानीको मुहाना संरक्षण र ठाउँठाउँमा बनेका सुक्खा पोखरीले वातावरणलाई हरियाली बनाउन सहयोग पुगेको र गाईबस्तु अनि वन्यजन्तुलाई समेत खानेपानीको व्यवस्था भएको मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्कीले बताउनुभयो ।