रामेछाप । गैरसकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य मिलनकुमार घिसिङले सवैसँग आवश्यक समन्वय गरेर अगाडी बढ्ने बताउनुभएको छ । केन्द्रीय सदस्य बेनेपछि गैरसरकारी संस्था महासंघ रामेछाप, मानव अधिकार संरक्षण सञ्चाल रामेछाप लगायतका संस्थाले मंगलबार गरेको सम्मान ग्रहन गर्दै घिसिङले यस्तो बताउनुभएको हो । जिल्लामा रहेर गैरसरकारी क्षेत्रमा काम गर्दा जिल्लामा राम्रो साथ, सहयोग आफुलाइ प्राप्त भएको अनुभव सुनाउँदै केन्द्रीय सदस्य घिसिङले आफ्नो कार्यकालमा प्रभावकारी काम गर्ने बताउनुभयो । गैरसरकारी क्षेत्रमा काम गर्ने सवैको साथ सहयोगकै कारण आफु यो स्थानमा पुगेको बताउदै केन्द्रीय सदस्य घिसिङले अबका दिनमा पनि सवैसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताउनुभयो । कार्यक्रममा रामेछापबाट प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बन्नुभएका पत्रकार नवराज पथिक र युनिक बिफा घिसिङलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवन कुमार श्रेष्ठले नागरिक आन्दोलनलाई संयुक्त रुपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । सो कार्यक्रममा हुराडेक नेपाल दोलखाको सहजिकरणमा सञ्चालमा रहेको नागरिक समाज पारस्पारिक जावाफदेहीता परियोजनाको तर्फबाट संस्थागत सुशासन र स्वनियमन मापदण्ड २०७६ को व्यवस्थाको बारेमा समेत अभिमुखीकरण गराइएको थियो । केन्द्रीय सदस्य घिसिङले सो विषमा अभिमुखीकरण गराउनुभएको थियो ।
